अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ, ९ मा जलवायु परिर्वतनमा टोलविकास संस्थाको भुमिका विषयक अन्तरक्रिया

 
रेडियो आँधीखोला
वालिङ, २ चैत ।
वालिङ नगरपालिका वडा नं. ९  भुम्रे स्थित सामुदायिक भवनमा जलवायु परिर्वतनमा टोलविकास संस्थाको भुमिका विषयक अन्र्तक्रिया सम्पन्न भएको छ । आस्क नेपालको आयोजना र वालिङ नगरपालिका विपद साखाको समन्वयमा अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा विपद साखाप्रमुख मणिप्रसाद रेग्मीले जलबायु परिर्वतनका कारण नेपाली जनजिवनमा प्रत्यक्ष प्रभाव पारिरहेको बताउनुभभयो । 
जथाभावी फोहोर गर्ने तथा डडेलो, वन फडाँनी, नदीनालामा हुने फोहोर पनि जलबायु परिर्वतनको कारक बनेको भन्दै यस्ता स–साखा विषयमा हरेक नागरिकले ख्याल गर्नुपर्ने प्रमुख रेग्मीले बताउनुभयो । ठुला शक्तिसाली मुलुकले धेरै कार्बन उत्र्सजन गरिरहेका बेला अल्पविकसिक मुलुक नेपालमा यसले प्रत्यक्ष असर गर्ने प्रमुख रेग्मीले बताउनुभयो । कार्यक्रममा विपद साखाका जगत शाहीले सहजीकरण गर्नुभएको थियो । अन्र्तक्रियामा डिलबहादुर शाहीले यस्ता सचेतनामुलक कार्यक्रम विद्यालयस्तरबाट शुरु गर्न आवश्यक रहेको बताउनुभयो । मुलुकका विकसित देशहरुमा यस्ता विषय पाठ्यक्रममै समावेश गरी अध्ययन गराईने बताउँदै विद्यालय स्तरमा यो कार्यक्रम आवश्यक रहेको उहाँको भनाई थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...