अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

बैंकर्स क्लब वालिङद्धारा प्रभातफेरि

news

 
रेडियो आँधीखोला,
वालिङ ३ चैत्र । 
बैंकर्स क्लब वालिङको आयोजनामा प्रभातफेरि सहित कोणसभा कार्यक्रम गरिएको छ । ग्लोबल मनि विक कार्यक्रम अन्र्तगत मंगलबार वालिङका बैंकर र इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले प्रभातफेरि गरेका हुन् । यहाँका विभिन्न बैंक तथा इन्स्योरेन्स कार्यालयहरुले आ–आफ्ना व्यानर तथा प्लेकार्ड सहित प्रभातफेरि गरेका हुन् । सहभागीले  पैसा बचत गर्ने बानी गरौँ, आम्दानी अनुसार खर्च गरौँलगायतका वित्तिय साक्षरता सम्बन्धी सचेतनामुलक प्लेकार्ड लिएर थिए । 
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संस्थापक कार्यकारी प्रमुख तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतप्रसाद ढकालले मनि विक कार्यक्रम एक वित्तिय साक्षरता पनि भएकाले यसले वित्तिय क्षेत्रमा सकरात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । 
कार्यक्रममा इन्स्योरेन्स कम्पनीहरुको तर्फबाट सिखर इन्स्योरेन्स कम्पनी वालिङ साखाका प्रमुख शंकर सुवेदीले विमा अपरिहार्य पक्ष भएकाले नागरिकलाई विमा सम्बन्धी थप सचेतना प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रम बैंकर्स क्लबका अध्यक्ष नविन काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव मणिप्रसाद बस्यालले गर्नुभएको थियो । प्रभातफेरि वालिङ स्थित पतञ्जली योगपिठबाट शुरु भई वालिङ बजार परिक्रमा गरी मुक्तिनाथ विकास बैंक अगाडि आएर कोणसभामा परिणत भएको थियो । 
…स्मार्ट मनी टक्सÚ भन्ने नाराका साथ नेपाल राष्ट्र बैङ्कले मार्च १६ देखि २२ -२०८२ चैत २ देखि ८) ग्लोबल मनी विक मनाउँदैछ । राष्ट्र बैङ्कका अनुसार ग्लोबल मनी विकको यो चौधौँ शृङ्खला हो । 
बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट -ओइसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउँदै आइएको छ । नेपालमा यस वर्ष पनि राष्ट्र बैङ्कले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाउँदै छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...