अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

स्याङ्जाबाट ४ हजार २७५ जनाले एसईई दिँदै

 
रेडियो आँधीखोला,
वालिङ ६ चैत्र ।
स्याङ्जाबाट ४ हजार २७५ जनाले एसईई परिक्षा दिने भएका छन् । यहि चैत्र १९ गतेबाट शुरु हुने एसईई परिक्षमा यसपटक छात्रा भन्दा छात्रको संख्या धेरै देखिएको छ । २ हजार १०१ जना छात्राको संख्या हुँदा २ हजार १७४ जना छात्रको संख्या रहेको छ । यो पटकको एसईईमा छात्रा भन्दा छात्रको संख्या ७३ जनाले बढी देखिएको छ । त्यस्तै जिल्लामा प्राविधिकतर्फ ६ वटा विद्यालयका ११६ जना विद्यार्थीले एसईई दिने भएका छन् । यहाँको महिमा मावि हरिनास, नवज्योति मावि विरुवा, त्रिशहिद मावि आँधीखोला, पञ्चकन्य मावि अर्जुनचौपारी, पुर्णामत भवानी मावि वालिङ र भानुभक्त मावि गल्याङ गरी ६ वटा विद्यालयका ११६ जना विद्यार्थीले प्राविधिक तर्फबाट एसईई दिने भएको हुन् । त्यस्तैगरी धार्मिकतर्फ १६ विद्यार्थीले एसईई दिनेछन् । 
यहाँको गुरुकुल आँधीखोलाबाट ६ जना, रामनदी धाम गुरुकुल गल्याङबाट ७ जना, मणीमुकुन्देश्वर चापाकोटबाट २ जना र राधादामोदर संस्कृति विद्यालयबाट १ जना गरी १६ जनाले एसईई दिने जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख विश्वराज आचार्यले बताउनुभयो । ११ पालिका रहेको जिल्लामा हरेक पालिकामा परिक्षा केन्द्र तोकिएको छ । जिल्लाभर २१ परिक्षा केन्द्र रहेका छन् । भने परिक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक उक्त परिक्षा केन्द्रको केन्द्राध्यक्ष हुने व्यवस्था छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...