अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

news

 

 चैत ११, २०८२ आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका केही ठाँउ तथा बागमती र लुम्बिनी प्रदेशको एक/दुई ठाँउमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तराई भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको मौसमविद्ले बताएका छन् । 

आज काठमाण्डौमा मौसम आंशिक बदलीको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने पूर्वानुमान छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...