अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

पेंमा छ्योखोर्लिङ बौद्ध गुम्बालाई डस्टबिनहरु प्रदान

news

 
वालिङ, १३ चैत । 
पुतलीबजार नगरपालिका वडा नं. ९ कोल्मा स्थित गुम्बा परिसरलाई सफासुग्घर बनाउने उदेश्यले पुतलीबजार नगरपालिकाले डस्टबिनहरु प्रदान गरेको छ । कोल्मा बराहचौर खेलमैदान नजिक नवनिर्मित पेंमा छ्योखोर्लिङ बौद्ध गुम्बालाई ३ वटा डस्टबिन प्रदान गरेको हो । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले स्थानीय समाजसेवी एवं पर्यटनकर्मी जितबहादुर गुरुङ्लाई हस्तान्तरण गर्दै ब्यवस्थित एवं प्रभावकारीरुपमा फोहोरमैला ब्यवस्थापन गर्न सहज पुग्ने बताउनुभयो । 
फोहोरमैलाको उचित व्यवस्थापनकालागि नगरपालिकाले फोहोरलाई प्लास्टिकजन्य, सिसाजन्य, कुहिने तथा नकुहिने रूपमा वर्गीकरणगरी छुट्टाछुट्टै व्यवस्थापन गर्न सुझाव दिदै आएको नगरप्रमुख रेग्मीको भनाई छ । नगरपालिकाले सामुदायिक विद्यालय, स्वास्थ्य संघ संस्था, वडा कार्यालय लगायत सार्वजनिक स्थानहरूमा पनि डस्टबिन उपलब्ध गराउदै आएको छ । 
चरणबद्ध रूपमा अन्य सार्वजनिक स्थानहरूमा समेत विस्तार गरिने योजनामा रहेको बताइएको छ । फोहोर वर्गीकरणसहित डस्टबिनमा व्यवस्थापन गरिदा वातावरणीय स्वच्छतासंगै सफासुग्घरसहित आयआर्जन हुने गर्दछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...