अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नयाँ वर्ष लक्षित एक्स्पोको तयारी, धार्मिक तथा पर्यटकी स्थलहरुको डकुमेन्ट्री प्रर्दशन गरिने

 
रेडियो आँधीखोला
वालिङ, १५ चैत । 
नयाँ वर्ष २०८३ को अवसरमा वालिङमा पहिलो एक्स्पो हुँदैछ । नयाँ वर्ष २०८३ का लाई लक्षित गर्दै लक्षित ओँमकार ईभेन्ट हबले एक्स्पोको आयोजना गरेको हो । यहि चैत्र २६ गतेदेखि बैसाख २ गतेसम्म वालिङ खेलमैदानमा हुने एक्सोमा विषेश गरी वालिङ क्षेत्रका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरुको डकुमेन्ट्री प्रर्दशन गरिनेछ । 
एक्स्पोका संयोजक तथा इभेन्ट हबका अध्यक्ष विजय मल्लले भन्नुभयो, “दैनिक हजारौँ पर्यटक सिद्धार्थ राजमार्ग वालिङ स्याङ्जा हुँदै पोखरा मुक्तिनाथ, लुम्बिनी ओहोरदोहोर गरिरहेका छन् । ति पर्यटकहरुलाई एक दिनका लागि भएपनि वालिङमा राख्न सकियो भने यहाँको आर्थिक अवस्थालाई थप चलायमान बनाउँछ ।” श्रवणकुमारको अन्धाअन्धी बुवाआमाको अश्रुधाराबाट बागेको आँधीखोलको उत्तिकै धार्मिक तथा ऐतिहासिक महत्व रहेको बताउँदै सतिदेविको अन्तिम शेष छाङछाङदीमा खसेर छाङछाङदीको नामाकरण भएको जस्ता धेरै ऐतिहासिक तथा धार्मिक महत्व बोकेका स्थल यहाँ रहेका हुँदा यसलाई उजागर गर्न आवश्यक रहेको मल्लले बताउनुभयो । 
नयाँ वर्षमा गरिएको यो मेलाले यहाँका धार्मिक तथा ऐतिहासिक महत्वलाई प्रचारप्रसार गर्दै नेपाली नयाँ वर्षलाई उत्सवका रुपमा मनाउने परिपाटीको विकास हुने अध्यक्ष मल्लले बताउनुभयो । इभेन्टका सचिव तथा मेलाका सहसंयोजक विक्रम खांणका अनुसार महोत्सवमा स्थानीय व्यापारी व्यवसायी तथा स्थानीय उत्पादनलाई विषेश प्राथामिकता दिईनेछ । सहसंयोजक खांणले भन्नुभयो, “विषेश गरी यहाँका स्थानीय स्वादलाई मेलामा पस्किने प्रयास गरेका छौँ भने हाम्रा मौलिक खानालाई पनि प्रर्वद्धन गर्नेछौँ ।” स्थानीय प्रतिभा प्रस्फुटन गर्दै मौलिक कला परम्परालाई प्रर्दशनी गर्ने साझा मञ्चको रुपमा एक्स्पोलाई विकास गर्न खोजिएको खांणले बताउनुभयो । एक्स्पोको मिति नजिकिँदै गर्दा तयारीलाई तिव्र पारिएको छ । 
एक्स्पोमा स्थानीय होटल व्यवसायीलाई ३० प्रतिशत छुट दिईनेछ भने कृषि र उद्यमीलाई निशुल्क स्टल उपलब्ध गराईने इभेन्टका प्रबन्धक नवराज पौडेलले बताउनुभयो । १५० वटा स्टल रहने एक्स्पोमा आईतबारदेखि स्टल निर्माणको कार्य शुरु हुँदैछ । प्रबन्धक पौडेलका अनुसार नयाँ वर्ष २०८३ लाई एक्स्पोमै स्वागत गरिनेछ । चैत्र ३० गते राति १ बजेसम्म एक्स्पोमै नयाँ वर्ष २०८३ लाई स्वागत गरिने अनुमति प्रशासनबाट लिईएको प्रबन्धक पौडेलले बताउनुभयो । नयाँ वर्ष स्वागतका दिन आतिस बाजी प्रर्दशन गरिनेछ भने ओँम लेखिएको दृष्य आकासमा देख्न सकिने आयोजकले जनाएका छन् ।  
लागूऔषध नियन्त्रणका लागी सचेतना कार्यक्रम समेत एक्स्पोमा हुनेछ ।  एक्स्पोमा विद्यालयस्तरीय लोकदोहोरी प्रतियोगिता हुने मेलामा हरेक दिन राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, रामजी खांण, खुमन अधिकारी, शिव हमाल, घनश्याम रिजाल, श्याम राना, राजु गुरुङ, अर्जुन सापकोटा, माया गुरुङ, शंकर विरही गुरुङ, राजन कार्की, शिव शर्मा दिपेनद्र केसी, एन्जिला गुरुङलगायतका कलाकारहरुले फरक फरक दिन आफ्नो प्रस्तुति राख्नेछन् । एक हप्ता सम्म हुने मेलामा हरेक दिन साँझ ख्याती प्राप्त व्याण्डहरुले लाईभ कन्र्सट गर्नेछन् । 
एक्स्पोमा मौलिक खाना, कृषि तथा ताजा तरकारी प्रर्दशन, हस्तकला प्रर्दशनी,, कफिको विक्रि तथा प्रर्दशनी, सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रर्दशनी गरिनेछ भने टिकटक प्रतियोगिता समेत रहनेछ । मेलामा प्रवेश शुल्क १०० विद्यार्थीका लागी ७० र बेलुका हुने कन्र्सटको लागी ३०० शुल्क तोकिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...