अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

धेरै ठाउँमा रातभर वर्षा, आज रातिदेखि पानी पार्ने प्रणाली कमजोर हुँदै जाने

news

चैत २५, २०८२ बिहीबार, काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ । 

मध्य र पश्चिममा पानी पर्ने क्रम रोकिए पनि पूर्वका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सबै ठाउँमा बदली भई पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो दिनभर र रातिको वर्षाका कारण चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ । आज पनि केही ठाउँमा पानी पर्ने र रातिदेखि पानी पार्ने प्रणाली कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागका केही ठाउँहरूमा तथा मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...