अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

बिल बिनाको जडिबुटी बरामद

 
रेडियो आँधीखोला
वालिङ, ३ बैशाख । 
प्रहरीले जडीबुटी ओसारपोसारको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।  प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरी गस्ती टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा अवैध ११ क्वीन्टल जडीबुटी बरामद गरेको हो । गल्याङ ०३ चौकी लाईन स्थित सिद्धार्थ राजमार्गमा छापबाट तल्लो गल्याङ्तर्फ गईरहेको लु.२ च. ७९२० को जीपमा ११ क्विन्टल जडिबुटी बरामद गरेको प्रहरीले जनाएको छ । 
विना बिल बिजक गुर्जो जातको जडीबुटी ओसार–पसार गरेको फेला पारी नियन्त्रणमा लिएर जडीबुटी बरामद गरीएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका वडा नम्वर –०२ बस्ने  ४१ वर्षीय कमल राना रहनुभएको छ । उहाँलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि सव डिभिजन बन कार्यालय वालिङमा ल्याईएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...