समाचार
भीरकोटमा आधारभूत तहको नतिजा सार्वजनिक, ५८.५१ प्रतिशत विद्यार्थी उत्र्तिण
रेडियो आँधीखोला,
वालिङ ४ बैसाख ।
भीरकोटको आधारभूत तह उत्तीर्ण परीक्षा २०८२ अर्थात कक्षा ८ को नतिजामा ५८.५१ प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन् । चैत्र ८ गतेदेखि १७ गतेसम्म संचालित परीक्षाको नतिजा चैत्र ३० गते सार्वजनिक भएको थियो। यस वर्ष परीक्षामा कुल ३ सय २३ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये १ सय ८९ जना विद्यार्थी उत्तीर्ण -ग्रेडेड) भएका छन् भने १ सय ३४ जना विद्यार्थी ननग्रेडेड भएका छन ।
नतिजा विश्लेषण गर्दा संस्थागत विद्यालयहरूको प्रदर्शन सन्तोषजनक देखिएको छ भने सामुदायिक विद्यालयहरूको नतिजा अपेक्षाकृत कमजोर रहेको छ । सामुदायिक विद्यालयतर्फ राजेन्द्र भवानी माध्यमिक विद्यालय र सिरकोट माध्यमिक विद्यालय को नतिजा शून्य रहेको छ । सिरकोट मा.वि.बाट सहभागी ६ जना र राजेन्द्र भवानी मा.वि.बाट सहभागी २ जना विद्यार्थीमध्ये कोही पनि उत्तीर्ण हुन सकेनन् ।
तर, सामुदायिक विद्यालयतर्फकै पिपलडाँडा माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याउँदै शतप्रतिशत सफलता हासिल गरेको छ । उक्त विद्यालयबाट सहभागी ६ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन ्। यसैगरी संस्थागत विद्यालयतर्फ कन्साइन्स अंग्रेजी आवासीय माध्यमिक विद्यालय र बालज्योति अंग्रेजी आवासीय माध्यमिक विद्यालयले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । कन्साइन्स मा.वि.बाट परीक्षामा सहभागी २६ जना तथा बालज्योति मा.वि.बाट सहभागी १६ जना सबै विद्यार्थी उत्तीर्ण भई दुवै विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन्।
आधारभूत तह परीक्षा -द्यीभ्) मा भाग्योदय मा.वि. बाट ४३.४८ प्रतिशत, दहथुम मा.वि. बाट १६.६६ प्रतिशत र सहिद शुक्र मा.वि. बाट ५० प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।