समाचार
एसईईमा स्याङ्जाबाट ३ हजार ३१५ मध्ये २ हजार ३१५ जना उत्तिर्ण
रेडियो आँधीखोला
वालिङ, ३० बैशाख ।
स्याङ्जामा एसईई परिक्षा दिएका मध्ये २ हजार ३१५ जना विद्यार्थी उत्र्तिण भएका छन् । कुल सहभागि ३ हजार ३३८ मध्ये ६९.३५ प्रतिशत विद्यार्थी अर्थात २ हजार ३१५ जना विद्यार्थी उत्र्तिण भएका हुन् । उत्र्तिण मध्ये ११ जनाले ४ जिपिए प्राप्त गरेका छन् । जसमा ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थी २२९ जना रहेका छन् भने ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ६३४ रहेको छ । त्यस्तै २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संभ्या ८४२ रहेकोछ ।
त्यस्तै २.४ देखि २.८ जिपिए ल्याउने ५६३ जना रहेका छन् भने २ देखि २.४ जिपिए ल्याउने ४६ जना र १.६ देखि २ जिपिए ल्याउने १ जना रहेका छन् । १ हजार २३ जना नन गे्रडेड अर्थात अनुर्तिण भएका छन् । प्रतिशतका आधारमा एसईई दिएको कुल विद्यार्थी मध्ये ६९.३५ प्रतिशत विद्यार्थी उतर््िाण हुँदा ३०.६५ प्रतिशत विद्यार्थी अनुर्तिण भएका हुन् ।
त्यस्तै वालिङमा रहेको नेपाल आर्दश माविबाट एसईई दिएका मध्ये ३ जनाले ४ जिपिए प्राप्त गरेका छन् । नेपाल आर्दशका रोशन सुवेदी, शिष्टता डुम्रे र सोनिया थापाले ४ जिपिए प्राप्त गर्नुभएको हो ।
त्यस्तै पुतलीबजारको त्रिभुवन आर्दश माविका अनिषा रेग्मी, आयुष्मान ढकाल र शश्रिक दोरंगा गरी ३ जना, स्याङ्जा उच्च माविबाट निश्चल तिवारी, रोशनी आवसिय माविबाट प्रसनमान श्रेष्ठले ४ जिपिए प्राप्त गरेका छन् ।
त्यस्तै अर्जुनचौपारी गाउँपालिकामा रहेको चिल्डे«न एकेडेमी बाट जेनिसा केर्सीले ४ जिपिए ल्याएका छन् । त्यस्तै आँधीखोलाको शारदा मन्दिर माविबाट १ जना विद्यार्थी मनिषा ढकालले पनि ४ जिपिए प्राप्त गर्नुभएको छ । भीरकोट नगरपालिकामा रहेको शहिद शुक्र माविका नितेश काफ्लेले पनि ४ जिपिए प्राप्त गर्नुभएको छ । त्यस्तै यहाँको पुर्णामृत भवानी माध्यमिक विद्यालयबाट रश्मी भण्डारीले ३.९६ जिपिए प्राप्त गर्नुभएको छ भने पुर्णामृतबाट ६९ जना उर्तिण भएका छन् । उर्तिण भएका ६९ जना मध्ये १७ जना प्राविधिकतर्फका रहेका छन् ।
पुर्णामृतबाट ६३ जना सामान्यतर्फ र १९ जना प्राविधिकतर्फ गरी ८२ जनाले एसईई दिएका थिए । त्यस्तै अघिल्लो वर्ष एसईईमा शुन्य नजिता प्राप्त गरेको भुम्रे माध्यमिक विद्यालयले यसपटक भने सतप्रतिशत नजिता प्राप्त गरेको छ । अघिल्लो वर्ष शुन्य नतिजा ल्याएको भुम्रे माविले क्रमश नजिता सुधार गर्दै यो वर्ष सतप्रतिशत विद्यार्थी उर्तिण बनाउन सफल भएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो । गत वर्षमा ८४ प्रतिशत विद्यार्थी उर्तिण बनाएको विद्यालयले यो वर्ष १९ जनाले एसईई दिएकोमा १९ जना नै उर्तिण बनाउन सफल भएको हो ।