समाचार
वालिङमा ४५ पिन्ट रगत संकलन
रेडियो आँधीखोला,
वालिङ १४ जेठ ।
वालिङमा आयोजित रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । …रक्तदान जिवनदानÚ भन्ने नाराका साथ वालिङमा रहेका ११ वटै रेडक्रस उपसाखाहरुले रक्तदान कार्यक्रमको समन्वय गरेका हुन् । ४० जना पुरुष र ५ जना महिला गरी ४५ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र स्याङ्जाका संयोजक विष्णुप्रताप खांणले बताउनुभयो ।
जिल्ला अस्पताल स्याङ्जामा रगतको अभाव भएपछि आकस्मिक रुपमा विहिबार वालिङमा रक्तदानको आयोजना गरिएको हो । रगतको अभावमा कसैले पनि जिवनसंग संर्घष गर्न नपरोस भन्ने हेतूले आकस्मिक रुपमा रक्तदानको आयोजना गरिएको भन्दै अकस्मात रुपमा गरिएको रक्तदानमा पनि ४५ जनाले आफ्नो रगतदान गर्नुभएको संयोजक खांणले बताउनुभयो । कार्यक्रममा समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यवसायीहरुको सहभागिता थियो ।