समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङको सभापतिमा काफ्ले
रेडियो आँधीखोला,
वालिङ १८ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) वालिङ नगरपालिकाको नगर सभापतिमा सुरेन्द्र काफ्ले निर्वाचित हुनुभएको छ । स्याङ्जाको वालिङमा सम्पन्न प्रथम अधिवेशनबाट सुरेन्द्र काफ्ले सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएको हो । नगर समितिको उपसभापतिमा पुस्पा अर्याल, सचिवमा पुर्सोत्तम खनाल र सहसचिवमा श्यामप्रसाद डुम्रे चयन हुनुभएको छ ।
समितिका सदस्यहरुमा सुजन थापा, रुक्मागत गैरे, टिकाराम गुरुङ, कमलकान्त न्यौपाने, सालिकराम ढकाल, शंकर श्रेष्ठ, मोहन प्रसाद पंज्ञानी, श्रीमादेवी रेग्मी र दक्षता रेग्मी निर्वाचित हुनुभएको छ । १५ सदस्यीय समितिमा २ सदस्य पछि मनोनित गरिनेछ । अविधेसनको उद्दघाटन गर्दै रास्वपा गण्डकी प्रदेश सभापति तथा सांसद राजन गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीले मुलुकको समृद्धिका लागि दुरगामी सोँचाईका साथ काम गरेको बताउनुभयो । तत्कालको लोकप्रियता भन्दा पनि आयोजनाले दिर्घकालिन रुपमा पार्न प्रभावका विषयमा सरकारले काम गर्ने उहाँको दावी छ ।
कार्यक्रममा केन्द्रिय शिक्षा समिति सदस्य चोयनारायण पौडेल, जिल्ला सभापति रुक्मागत भण्डारीलगायतले बोल्नुभएको थियो । कार्यक्रम सभापति काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभापति पुष्पा अर्याल र संचालन सचिव भेषराज रेग्मीले गर्नुभएको थियो । कार्यत्रममा नेकपा एमालेका लेखा समिति सचिव रोशन कुँवर, वडा नं. १४ का पुर्व वडा अध्यक्ष तथा नेकपा एमालेका संगठित सदस्य झम्मरबहादुर श्रेष्ठलगायत अन्य पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेको नवनिर्वाचित उपसभापति पुष्पा अर्यालले बताउनुभयो ।