समाचार
गल्याङमा उद्घोषणसम्बन्धी पाँच दिने तालिम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २२ जेठ ।
स्याङ्जाको गल्याङ ३ तल्लो गल्याङमा महिलाहरुकालागि नेतृत्व विकास तथा उद्घोषणसम्बन्धी पाँच दिने तालिम सकिएको छ ।
गल्याङ नगरपालिकाको आर्थिक सहयोग तथा आँधीखोला आमा समूहको व्यवस्थापनमा भएको तालिमको समापन गर्नुहुँदै गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले तालिममा सिकेका सीपलाई आ–आफ्नो क्षेत्रमा कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख हेमा तिमिल्सिना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नं ४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, प्रमुख प्रशिक्षक रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा सहभागीहरुकातर्फबाट माया विक, सुमिना गुरुङ, टेमकला अधिकारी, रविना पाठक, बिन्दु थापालगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
आँधीखोला आमा समूहका सहसचिव भीमा पाण्डेले स्वागत गर्नुभएको समापन कार्यक्रम अध्यक्ष प्रभा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव संगीता पाठकले गर्नुभएको थियो ।