समाचार
वालिङ नगरपालिका वडा नं. ८ मा विद्यालय स्तरीय बाल क्लब गठन
वालिङ, २५ जेठ ।
वालिङ नगरपालिका वडा नं. ८ मा विद्यालय स्तरीय बाल क्लब गठन गरिएको छ । यहि मंसिर ४ गतेभित्र बालमैत्रि नगर घोषणाको तयारीमा लागेको वालिङमा टोल स्तरीय बालक्लब, विद्यालयस्तरीय बाल क्लब गठन गर्ने प्रक्रिया शुरु भएको छ । बालमैत्रि स्थानीय शासन सम्बन्धी आईतबार अभिमुखीकरण गरिएको छ । कार्यक्रममा वडाका टोल संयोजकहरु, स्वयमसेविका, स्वास्थ्यकर्मी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले बालमैत्रि स्थानीय शासन घोषणाको तयारीमा नगरपालिका रहेको बताउँदै घरदेखि विद्यालय, सार्वजानिक स्थल हरेक ठाउँ बालमैत्रि हुनुपर्न बनाउँदै बालबालिकाहरुलाई पनि स्थानीय तहमा हुने गतिविधिमा सहभागि बनाउने बताउनुभयो । बालमैत्रि स्थानीय शासन घोषणा र यसको कार्यान्वयनका लागि सबै पक्ष सकरात्मक हुनुपर्ने भन्दै भोलीका कर्णधार बालबालिकाहरुलाई सार्नैदेखि स्थानीय तह संरचनाको विषयमा ज्ञान प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल आर्दश माविमा असिम सुवेदीको अध्यक्षतामा बाल क्लब गठन गरिएको छ भने भूपू सैनिक आवसिय माविमा आरोही खांणको अध्यक्षतामा क्लब गठन गरिएको छ ।
त्यस्तै भगवती आविमा रिदम मास्केको नेतृत्वमा पहिला नै क्लब रहेकाले टिपोट गरिएको महिला तथा बालबालिका साखा प्रमुख उमादेवि डुम्रेले बताउनुभयो । कार्यक्रम कार्यबहाक वडा अध्यक्ष चोलाकान्त अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन साखा प्रमुख डुम्रेले गर्नुभएको थियो । कार्यक्रममा दहथुम बहुमुखी क्याम्पसका प्रमुख नेत्रनारायण रेग्मीले सहजीकरण गर्नुभएको थियो ।