अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङमा एआई एक्सरे मेसिनद्धारा क्षयरोगको परिक्षण

news

 
रेडियो आँधीखोला,
वालिङ २७ जेठ ।
वालिङमा एआई एक्सरे मेसिनद्धारा क्षयरोगको परिक्षण गरिएको छ । नगरपालिकाको आयोजनामा, प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग र प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वयमा ब्क्ष् -कृत्रिम बुद्धिमत्ता) आधारित एक्स–रे प्रविधिमार्फत क्षयरोग स्क्रिनिङ शिविर गरिएको हो । 
 
क्षयरोगको समयमै पहिचान गरी उपचारको पहुँच बढाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा नगर क्षेत्रका विभिन्न वडाबाट आएका कुल ४५३ जना नागरिकले सेवा लिएका थिए । सेवा लिनेहरूमध्ये २९९ जना महिला र १५४ जना पुरुष रहेका छन् ।
 
शिविरमा सहभागीहरूको एआई प्रविधिबाट छातीको एक्स–रे परीक्षण गरी क्षयरोगको सम्भावित जोखिमको मूल्याङ्कन गरिएको थियो । परीक्षणका क्रममा ४ जनामा क्षयरोग पहिचान भएको र उनीहरूलाई थप परीक्षण तथा आवश्यक उपचार प्रक्रियाका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क तथा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य साखा प्रमुख कमल पाण्डेले बताउनुभयो ।
कार्यक्रमले समुदायस्तरमा लुकेर रहेका क्षयरोगका बिरामीहरूलाई पहिचान गर्न महत्वपूर्ण योगदान पु¥याएको वालिङ नगरपालिकाले जनाएको छ । एआई प्रविधिको प्रयोगले छिटो, प्रभावकारी तथा गुणस्तरीय रूपमा क्षयरोगको प्रारम्भिक पहिचान गर्न सहयोग पुगेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
 
वालिङ नगरपालिकाले क्षयरोग मुक्त समाज निर्माणका लागि यस्ता नविनतम प्रविधिमा आधारित स्वास्थ्य कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, क्षयरोगका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई समयमै परीक्षण तथा उपचार गराउन नगरवासीहरूलाई अनुरोध गरिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...