समाचार
वालिङमा जारी फुटबल प्रतियोगिताको दोस्रो दिन आयोजक वालिङ र रामाबाच्छा विजयी
रेडियो आँधीखोला
वालिङ, ३० जेठ ।
वालिङ युवा क्लबको आयोजनामा सञ्चालित श्याम स्मृति खुल्ला फुटबल प्रतियोगिता हिजो दोस्रो दिनको खेलमा आयोजक वालिङ र रामबाच्छा विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेल बिहान १० बजे रामबाच्छा युवा क्लब र होराइजन युथ क्लव भूम्रे बीच भएको थियो । यो खेलमा होराइजनलाई रामबाच्छाले पराजित गरेको छ । रामबाच्छाले होराइजनलाई ३–० गोल अन्तरले विजय हासिल गर्दै चरणमा प्रवेश गरेको छ ।
यसैगरी दोस्रो खेल दिउँसो ४ बजे भएको थियो । दोस्रो खेलमा आयोजक वालिङ युवा क्लबले पर्वतको मर्दिखोला युनाइटेड क्लबलाई पराजित गरेको छ । वालिङले मर्दिखोला युनाइटेडलाई १ का विरुद्ध ७ गोल गरेर सानदार जीत निकालेको हो ।
प्रतियोगिता अन्तर्गत भोलि जेठ ३० गते पनि दुई खेल सञ्चालन हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार बिहान १० बजे भकुण्डे युवा क्लब र स्याङ्जा युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो ४ बजेको दोस्रो खेलमा ट्रिनिटी वालिङ र न्यू युनाइटेड पाल्पाका बीच प्रतिस्पर्धा हुने छ ।
वालिङ खेलमैदानमा भएको श्याम स्मृति खुल्ला फुटबल प्रतियोगितामा स्याङ्जा सहित पाल्पा र पर्वतका गरी १० टिमको सहभागिता रहेको छ ।
फुटबल खेल प्रतियोगितामा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।