अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विष्णु पौडेल पक्राउको विषयमा एमालेले राजनीतिक प्रतिवाद गर्ने

news

 

 असार ९, २०८३ नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनीतिक प्रतिवाद गर्ने भएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो । पौडेल पक्राउ परे लगत्तै एमालेले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनीतिक प्रतिवाद गर्ने जनाएको छ । 

एमालेले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टण्ट भनेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरिएको छ । 

साथै एमालेले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ । 

त्यस्तै एमाले महासचिव शङ्कर पोखरेलले पौडेलको पक्राउलाई न्याय प्रक्रिया विपरीत भएको दाबी गर्नुभएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...