अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ नगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि करिब ९० करोडको बजेट प्रस्तुत

news

 
रेडियो आँधीखोला,
वालिङ १० असार ।
वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु. ८९ करोड ९१ लाख ५९ हजार ७ सय ३६ को आय–व्यय अनुमान -बजेट) सार्वजनिक गरेको छ । नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकास र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै आज उपप्रमुख कविता तिवारीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
संघीय सरकार वित्तीय हस्तान्तरण समानीकरण अनुदानतर्फ रु. १५ करोड २९ लख, सशर्त अनुदानः रु. ४४ करोड २७ लाख, समपूरक अनुदानः रु. १ करोड ६० लाख, राजस्व बाँडफाँडः रु. ११ करोड ६४ लाख ५८ हजार रहेको छ । त्यस्तै प्रदेश सरकार वित्तीय हस्तान्तरणतर्फ वित्तीय समानीकरण अनुदानः रु. २ करोड ४ लाख ४० हजार, विशेष अनुदान रु. ३९ लाख, समपूरक अनुदान रु. ६० लाख रहेको छ । नगरको आन्तरिक स्रोतमा आन्तरिक राजस्वः रु. ९ करोड, संचित कोषको नगद मौज्दात बचतः रु. २ करोड ७० लाख, अन्य राजस्व बाँडफाँडः रु. १ करोड ४७ लाख ५३ हजार ७ सय ३६ रहेको छ । कुल बजेटमा चालु खर्च रु. ६१ करोड ९७ लाख ११ हजार ७ सय ३६ र पूँजीगत खर्च रु. २६ करोड ५४ लाख ४८ हजार र वालिङ नगरपालिकाको बसपार्क निर्माणका लागि नगर विकास कोषसंग सम्झौता भएकमो अनुसार सावा र व्याज भुक्तानी गर्नका लागी वित्तिय व्यवस्था अन्र्तगत ५० लाखको बजेट प्रस्ताव गरिएको छ । 
 
सामाजिक विकासमा शिक्षा, जनस्वास्थ्य, लक्षित वर्ग र खेलकुद लगायतका कार्यक्रमका लागि कुल बजेटको सबैभन्दा ठूलो हिस्सा ५२.८३ प्रतिशत अर्थात् रु. ४७ करोड ३० लाख ७ हजार विनियोजन गरिएको छ । पूर्वाधार विकासमा सडक, पुल, भवन, खानेपानी र सिंचाइका लागि २२.७२ प्रतिशत अर्थात् रु. २० करोड २२ लाख ७६ हजार छुट्याइएको छ ।
आर्थिक विकासमा कृषि, पशु, उद्योग, पर्यटन र सहकारी क्षेत्रका लागि कुल बजेटको ४.३३ प्रतिशत अर्थात् रु. ३ करोड ९ लाख ७५ हजार विनियोजन गरिएको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनः यस क्षेत्रका लागि रु. ९३ लाख -१.४ प्रतिशत) प्रस्ताव गरिएको छ। æसन्तुलित विकास, समावेशी समृद्धि र गुणस्तरीय जीवनæ लाई मूल मन्त्र बनाउँदै बालमैत्री, अपाङ्गतामैत्री र वातावरणमैत्री विकासमा जोड दिने नीति नगरपालिकाले लिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...