समाचार
स्याङ्जामा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु
रेडियो आँधीखोला,
वालिङ १२ असार ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ७ स्थित मिर्दि–चापाकोट सडक खण्डको लभ्लिडाँडामा आज बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा ७९०५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका छन् । जिपमा चालकसहित कुल १९ जना सवार थिए।
दुर्घटनामा घाइते भएकाहरूलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको थियो । उपचारकै क्रममा स्याङ्जा वालिङ नगरपालिका वडा नं. ७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टालाई दिउँसो १ बजे डाक्टरले मृत घोषणा गरेका छन ्। उहांको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै राखिएको छ ।
घाइते सङ्ख्यामध्ये ३ जनाको अवस्था गम्भीर र १४ जनाको अवस्था मध्यम रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्रारम्भिक उपचार पश्चात १७ जना घाइतेहरूलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । दुर्घटनामा अन्य केही यात्रु सामान्य घाइते भएका छन्।
चालक प्रहरी नियन्त्रणमा
जिप चालक स्याङ्जा वालिङ नगरपालिका वडा नं. ७ बस्ने २८ वर्षीय मीन बहादुर सारू सामान्य घाइते हुनुभएको थियो । उहाँलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेको विवरणः
गम्भीर घाइतेहरूः
१. रुपकला सारू -उमेर ४६ वर्ष) – वालिङ–७, स्याङ्जा
२. सुमित्रा गुरुङ -उमेर ५५ वर्ष) – गैडाहवा–४, रुपन्देही
३. मायादेबी सुनारी -उमेर ४१ वर्ष) – कावासोती–५, नवलपरासी पूर्व
मध्यम घाइतेहरूः
४. कर्मिसा सुनारी -उमेर १२ वर्ष) – कावासोती–५, नवलपरासी पूर्व
५. जैकला सारू -उमेर ४५ वर्ष) – वालिङ–७, स्याङ्जा
६. रुक्सना थापा -उमेर २० वर्ष) – पोखरा म.न.पा.–९, कास्की
७. कमला थापा -उमेर ४६ वर्ष) – देवदह–५, रुपन्देही
८. टोप बहादुर थापा -उमेर ३९ वर्ष) – बिरुवा–६, स्याङ्जा
९. गौ माया सारू -उमेर ४९ वर्ष) – वालिङ–७, स्याङ्जा
१०. बेल बहादुर आले -उमेर ५९ वर्ष) – वालिङ–७, स्याङ्जा
११. कुमार सारू -उमेर ३० वर्ष) – वालिङ–७, स्याङ्जा
१२. ज्ञानुमाया सारू -उमेर ३८ वर्ष) – वालिङ–७, स्याङ्जा
१३.पुर्व गैडाकोट २ बस्ने २६ वर्षीय आस्मा तामाङ
१४आस्माकी २० महिने छोरी पिन्सा सारु
१५गैडाहवा गाउँपालिका ४ की ४० वर्षीयसावित्रा मगर
१६, सोहि स्थानकी ५१ वर्षीय धनकुमारी
१७.देवदह ६ की ५१ वर्षीय नन्दकुमारी राना