अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

बाल श्रममुक्त पालिका घोषणा भएपछि फेदीखोला गाउँपालिकालाई राष्ट्रिय सम्मान

 
रेडियो आँधीखोला
वालिङ, १९ असार । 
नेपाल सरकार अन्तर्गतको युवा, श्रम तथा रोजगार मन्त्रालय ले फेदीखोला गाउँपालिका लाई राष्ट्रिय सम्मान प्रदान गरेको छ । बाल श्रम न्यूनीकरण तथा बाल अधिकार संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै बाल श्रममुक्त पालिका घोषणा गर्न सफल भएको योगदानको कदरस्वरूप मन्त्रालयले गाउँपालिकालाई सम्मान प्रदान गरेको हो । 
बालबालिकालाई श्रम शोषणबाट मुक्त गराई शिक्षा, स्वास्थ्य तथा सुरक्षित वातावरणमा हुर्किने अधिकार सुनिश्चित गर्न गाउँपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम, अनुगमन तथा सरोकारवाला निकायसँगको सहकार्यलाई प्रभावकारी रूपमा अगाडि बढाएको थियो । 
सोही प्रयासको परिणाम स्वरूप फेदीखोला गाउँपालिका बाल श्रममुक्त पालिकाका रूपमा घोषणा हुन सफल भएको हो । गाउँपालिकाले प्राप्त गरेको यो सम्मानले बाल संरक्षण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा अन्य स्थानीय तहहरूलाई समेत प्रेरणा दिने गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...