अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा ३ महिने आयमूलक सिलाई कटाई तालिम सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, २२ असार । 
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक वर्ष २०८२÷८३ को संघ संस्थासँगको सहकार्यमा सञ्चालित “मागमा आधारित सीपमूलक तालिम“ अन्तर्गतको ३ महिने आयमूलक सिलाई कटाई तालिम वालिङमा सम्पन्न भएको छ।
 
’दलित समुदायको परम्परागत कला तथा सीप विकास संस्था’, वालिङ–८, स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वयमा उक्त तालिम सञ्चालित भएको थियो। जेठ १५ गतेदेखि सुरु भएको उक्त तालिम वालिङ–८, नयाँबजार, राधेराधे चोकमा सञ्चालन भई असार २० गते सम्पन्न भएको थियो। तालिम समापनको औपचारिक कार्यक्रम आइतबारका दिन आयोजना गरिएको हो।
 
कार्यक्रममा वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले तालिममा सिकेको सीपलाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावसायिक रूपमा अगाडि बढाएर आर्थिक उपार्जन र आत्मनिर्भरतातर्फ लाग्न सहभागीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा कार्यपालिका सदस्य युग्माया पैगेनी र कार्यपालिका सदस्य गीता रनपाललगायतले तालिम निकै फलदायी रहेको बताउनुभयो ।
कार्यक्रम ’दलित समुदायको परम्परागत कला तथा सीप विकास संस्थाका अध्यक्ष लिलबहादुर रनपालको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...