अहिले तरंगमा

केहि छिनमा

समाचार

विपद पुर्व तयारी बैठक वालिङमा सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, २८ असार । 
वालिङमा विपद पुर्व तयारी बैठक सम्पन्न भएको छ । नगरस्तरीय विपद व्यवस्थापन समितिले र सरोकारवाला निकायसंग विपदको पुर्व तयारीका विषयमा छलफल गरेको हो । नगरस्तरीय विपद व्यवस्थापन समितिका संयोजक तथा नगरप्रमुख कृष्ण खांणले वर्षा याममा हुँन सक्ने विपदबाट सुरिक्षत रहन र विपद आईहाले कसरी तत्काल उद्धार, राहत र पुर्नस्थापना गर्ने भन्ने विषयमा सरोकारवालासंग छलफल गरिएको बताउनुभयो । नगरपालिकाले हरेक वडामा विपद स्वयंमसेवक तोकिएकोे छ । 
स्वंयमसेवकहरुलाई शसत्र प्रहरी बल नेपाल नं. ३० गुल्मको सहयोगमा तालिम समेत प्रदान गरेको थियो । वर्षा शुरु भएसंगै सजक र सर्तक रुपमा रहनुपर्ने भन्दै विपदमा सबै पक्षले हातेमालो गरेर अगाडि बढ्नुपर्ने साझा प्रतिवद्धता व्यक्त गरिएको प्रमुख खांणले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राकृतिक विपत्ति थाहै नपाई आउने भएकाले सजग रहनुपर्छ । यदि कुनै संकेत प्राप्त गरियो भने सम्बन्धीत निकायमा खबर गर्ने सुरक्षित स्थानमा रहने गर्नुपर्छ ।’ नागरिकको ज्यूधन सुरक्षाको लागि स्थानीय सरकार प्रतिवद्ध रहेको भन्दै विपदका बेला सबै पक्षले सहकार्य गर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले विपदको पुर्व तयारीमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने भन्दै नागरिकलाई सुरक्षित महशुस गराउने स्थानीय सरकारको दायित्व रहेको बताउनुभयो । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवाली, नेपाली कांगे्रसका नगर सभापति नेत्रप्रसाद पाण्डे, एमालेका आनन्द पाठक, राप्रपाका लोकनाथ बगाले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारी, शसत्र प्रहरी बल नेपाल नं. ३० गुल्मका डिएसपि कुमार तिमिल्सीना, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, नगरपालिका विषयगत समितिका संयोजकहरु, वडा प्रहरी कार्यालय, नेपाल रेडक्रस, विपदमा वालिङ नगरपालकासंग सहकार्य गर्दै आएको संस्था आस्क नेपाललगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको नगरपालिका वातावरण तथा विपद साखा प्रमुख मणिप्रसाद रेग्मीले बताउनुभयो । 
कार्यक्रममा विपदका बेला गर्न सकिने तत्कालिन उद्दार राहत र पुर्नस्थापनाका विषयमा सरोकारवाला एकजुट हुने प्रतिवद्धता व्यक्त गरिएको थियो । नगरपालिकाले बजेट विनियोजना गर्दा नै हरेक वर्ष विपद व्यवस्थापन शिर्षकमै बजेट छुट्याएको हुने र सोहि अनुसार वडा तथा नगरले व्यवस्थापन गर्दै आएको छ । नगरले आवश्यकताको आधारमा उद्दारका सामानहरु पनि शसत्र तथा प्रहरीलाई उपलब्ध गराउनेछ ।     
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...