अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अर्जुनचौपारी गाउँपालिकाद्वारा १५ दिनभित्र अव्यवस्थित इन्टरनेट तार र केबल हटाउन निर्देशन

news

 
वालिङ, १४ साउन । 
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र जडान गरिएका अव्यवस्थित, प्रयोगविहीन तथा झुन्डिएका इन्टरनेट तार र केबल १५ दिनभित्र व्यवस्थापन गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।
गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न माध्यमबाट नागरिकहरूको गुनासो प्राप्त भएकाले यो कदम चालिएको जनाएको छ । सूचना अनुसार गाउँपालिका क्षेत्रभित्र सेवा सञ्चालन गरिरहेका विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूले तार तथा केबल व्यवस्थित रूपमा जडान नगरेको, मर्मत–सम्भार नगरेको र पुराना तारहरू समयमै नहटाउँदा विभिन्न समस्या देखिएको भन्दै पालिकाले यस्तो निर्देशन दिएको हो । 
सार्वजनिक सडक तथा आवगमनमा बाधा पुगेको, वातावरण र पालिकाको सौन्दर्य बिग्रिएको,सार्वजनिक सम्पत्तिमा क्षति पुगेको र नागरिक सुरक्षामा प्रतिकूल असर परेको भन्दै १५ दिनमा व्यवस्थापन गर्न आग्रह गरेको छ । गाउँपालिकाले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो स्वामित्वमा रहेका तार, केबल, उपकरण तथा भौतिक संरचनाहरूको स्थलगत निरीक्षण गरी प्रयोगविहीन, जोखिमयुक्त वा अव्यवस्थित तारहरूको मर्मत, व्यवस्थापन, स्थानान्तरण वा हटाउन भनिएको  छ । 
तोकिएको अवधिभित्र निर्देशनको पालना नगरेमा वा बेवास्ता गरेमा प्रचलित कानुन बमोजिम सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी गाउँपालिकाका तर्फबाट आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनम्रता न्यौपानेद्वारा जारी सूचनामा उल्लेख छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...