अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

किसान प्राविधिक शिक्षालयमा कर्मचारीहरु आन्दोलित

news

 
रेडियो आँधीखोला,
वालिङ १४ साउन ।
किसान बहुप्राविधिक शिक्षालयका कर्मचारी आन्दोलित भएका छन् । स्याङ्जाको चापाकोट १० मा रहेको शिक्षालयमा करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरुले चरणबद्ध आन्दोलन घोषणा गरि आन्दोलित भएका हुन् । शिक्षालयमा करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरुले रोजगारी सुरक्षा र कार्य गर्ने वातावरणको सुनिश्चिता गरिदिन माग गर्दै आन्दोलित भएका हुन् । स्थापनाकालदेखि नै निष्ठा र सर्मपणका साथ जिवनको सक्रिय समय उर्जा र अनुभव संस्थाकै सेवा र विकासमा समर्पित भएको भन्दै साउनदेखि भने निर्धक्क र सहज तरिकाले काम गर्ने वातावरण नभएको मानसिक चिन्ता थपिएको र रोजगारी कतिखेर गुम्छ भन्ने अवस्था उत्पन्न भएको भन्दै कर्मचारी विभिन्न मागसहित आन्दोलित भएका हुन् । 
लामो समयदेखि कार्यालयमा कार्यरत कर्मचारीहरुलाई रोजगारबाट वञ्चित गर्न खोजेको भन्दै कर्मचारीहरुले उर्जावान समय कार्यालयमा खर्च गरेकाले अगाडिको जिवनयापनको जिम्मेवारी कसले लिने, कहाँ जाने भन्दै उनीहरु आन्दोलित भएका हुन् । कुनै पनि निर्णय अगाडि बढाउन पुर्व आँपूmहरुलाई वैकल्पिक रोजगारीको ग्यारेन्टी गरिनुपर्ने भनिएको छ । कर्मचारीहरुले साउन १४, १५ र १८  गते धर्नामा बस्ने, २२ गते शैक्षिक क्रियाकलाप, परिक्षाका कामहरु ठप्प पार्ने, २५ गतेदेखि केन्द्रिय कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । 
२०७५ मा स्थापना भएको शिक्षालयमा २ जना अधिकृत र २ जना सहायक अधिकृत गरी ४ जना मात्रै स्थायी कर्मचारी रहेका छन् भने अन्य २७ जना दैनिक, मासिक र करारका कर्मचारीहरु रहेका छन् । कार्यालयमा प्रमुख शिव पाण्डेका अनुसार केन्द्रीय संघर्ष समिति नै गठन गरेर करार तथा ज्यालादारी कर्मचारी आन्दोलित भएको भन्दै यसले शिक्षालयका पठनपाठन र दैनिक कार्यमा प्रभाव पारेको छ । शिक्षालयमा आईटि, सिभिल इन्जिनियरिङ र पशु विज्ञानका विषयमा अध्ययन हुँदै आएको छ । देशका विभिन्न जिल्लाहरुबाट यहाँ अध्ययनका लागि आउने गरेका छन् । हाल शिक्षालयमा २०० जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरु परिक्षाको तयारीमा रहनुपर्ने बेलामा यो आन्दोलनले प्रभाव पार्ने भएकाले सम्बन्धीत निकायले आन्दोलनरत कर्मचारीको माग सम्बोधन गरी सहज वातावरण सृजना गर्नुपर्ने पाण्डेले बताउनुभयो । शिक्षालयको व्यवस्थापन समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । 
देशभरका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सीटीईभीटी) मा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...