समाचार
ग्याँस अभाव भएपछि बजार अनुगमन
रेडियो आँधीखोला
वालिङ, १६ साउन ।
वालिङमा ग्याँस अभाव भएपछि बजार अनुगमन गरिएको छ । वालिङ नगरपालिकाले यहाँका ग्याँस डिलहरुमा अनुगमन गरेको हो । नगरपालिका, ईलाका प्रशासन कार्यालय वालिङ, उद्योग वाणिज्य संघ, वडा प्रहरी कार्यालय र पत्रकार महासंघको संयुक्त टोलीले ग्याँस डिलरहरुको अनुगमन गरेको अनुगमन टोलीका संयोजक तथा वालिङ नगरपालिका प्रशासन अधिकृत नारायणप्रसाद रेग्मीले बताउनुभयो । ग्याँस हप्तामा दुई पटक विभिन्न कम्पनीका आउने गरेको र व्यापारी तथा डिलरहरुले ग्राहकहरुलाई वितरण गर्दै आएको पाईएको रेग्मीले बताउनुभयो ।
ग्याँसमा कृक्रिम अभाव भएको भन्ने जनगुनासोको आधारमा नगरपालिकाले शुक्रबार अनुगमन गरेको हो । कृक्रिम अभाव नभएको ग्याँस आपुर्ति भईरहेको व्यापारी तथा व्यवसायीहरुले ग्राहकको नाम टिपेर वितरण गरेका छन् । आधा सिलिण्डरको प्रयोग गरिरहेका उपभोक्ताहरुले भरी सिलिण्डर बजारमा आएपछि स्टक राख्न खोज्दा पनि अभाव देखिएको भन्दै त्यसो नगर्न रेग्मीले आग्रह गर्नुभयो । यहाँ शक्ति, सिद्धार्थ, गृहलक्ष्मी, स्वास्तिक कम्पनीका ग्याँसहरु आउने गरेका छन् । यता नेपाल आयल निगमले भने ग्याँस आपुर्ति भईरहेकाले ग्याँसको अभाव नहुँने बताएको छ ।