अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जन्मदिनको अवसरमा अमोर सेवा बालगृहलाई फ्रिज उपहार

news

 
रेडियो आँधीखोला,
वालिङ २४ साउन ।
लायन्स क्लब अफ स्याङ्जा पुतलीबजारले संस्थाका संस्थापक अध्यक्ष तथा एसोसिएट चिफ एडभाइजर श्री बहादुर गुरुङको जन्मदिनको अवसरमा फेदिखोला गाउँपालिका–१ स्थित अमोर सेवा नेपाल बालगृहलाई डबल डोर फ्रिज प्रदान गरेको   छ। गुरुङको जन्मदिन मनाउने क्रममा क्लबले बालगृहमा पुगेर फ्रिज उपहार दिएको  हो ।
सामाजिक सेवामार्फत जन्मदिन मनाउने उद्देश्यले कार्यक्रम तय गरिएको क्लबले जनाएको छ । कार्यक्रममा लायन्स क्लबका मल्टीपल डिस्ट्रिक्ट चियरपर्सन चण्डी प्रसाद अर्यालले लायन्स क्लबको उद्देश्य, सामाजिक सेवामा क्लबको भूमिका र मानवीय सेवाका गतिविधिबारे जानकारी दिनुभभयो ।
लायन्स क्लब अफ स्याङ्जा पुतलीबजारका बारेमा पिताम्बर गौतम प्रकाशले जानकारी गराउनुभयो ।  उहांले क्लबले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा गर्दै आएका गतिविधिबारे जानकारी गराउनभुयो ।  कार्यक्रममा अमोर सेवा नेपाल बालगृहकी सञ्चालक कमला पराजुली, पूर्व अध्यक्ष डोलराज रेग्मी, डा. बसन्त पंगेनी, स्याङ्जा चेम्बर अफ कमर्सका महासचिव ओमप्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।
क्लबले श्री बहादुर गुरुङको जन्मदिनको अवसरमा आयोजना गरिएको कार्यक्रममा क्लबका लिडर तथा सदस्यहरूको सहभागिता रहेको थियो । बालगृहमा रहेका बालबालिकाको आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने क्लबका अध्यक्ष देवी अधिकारीले बताउनुभयो  । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...