अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विपद उद्धार सम्बन्धी प्रयोगात्मक सचेतना

news

 
रेडियो आँधीखोला
वालिङ, २ भदौ ।
जनप्रिय माध्यमिक विद्यालय भीरकोट ५ सिम्लेमा विपद उद्धार सम्बन्धी प्रयोगात्मक सचेतना कार्यक्रम सम्पन्न भएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मका टोलीले विपदका विभिन्न घटनामा कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक प्रर्दशन गरिएको थियो । 
वर्षाका बेला हुने बाढी, पहिरोका जोखिममा परेका नागरिकलाई गर्न सकिने उद्धार, आगोलागीका घटनाहरु ग्याँस सिलिण्डरबाट निस्कने आगो नियन्त्रणलगाय प्राकृतिक विपदका बेला गर्न सकिने उद्धारको डेमो प्रर्दशन गरिएको थियो । कार्यक्रममा शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मका डिएसपि लक्ष्मणबहादुर बस्नेतले शसस्त्र प्रहरी बल नेपाल गुल्मले वालिङ स्थित अन्य विद्यालयमा पनि यस्ता उद्धारको डेमो प्रर्दशन कार्यक्रम गर्दै आएको बताउनुभयो । 
विपदका बेला समयमै उद्धारकर्मी पुग्न सके थप जनधनको क्षति हुन सक्ने उहाँले बताउनुभयो । कार्यक्रममा डिएसपि बस्नेतले उद्धारका विधि र प्रक्रियाका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय गरी १२५ जनाको सहभागिता रहेको गुल्मका सई परमबन्धु अर्यालले बताउुनभयो । कार्यक्रममा वडा अध्यक्ष कृष्णबहादुर थापा क्षेत्रि, विद्यार्थी सिमरन खांणले कार्यक्रम निकै फलदायी भएको बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष चोलाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थिया भने स्वागत विद्यालयका प्रअ राजेन्द्रकुमार खांण र संचालन शिक्षक कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...