अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा विभिन्न कसूरका ५ जना फरार प्रतिवादी पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, ४ भदौ । 
याङ्जा जिल्ला अदालतबाट विभिन्न कसूरमा जरिवाना तोकिएर फरार रहेका ५ जना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले पक्राउ गरेको छ । प्रहरीले एकै दिन ति फरार ५ जनालाई पक्राउ गरी आवश्यक कारबाही तथा जरिवाना असूलका लागि सोही दिन स्याङ्जा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ।
पक्राउ पर्नेहरुमा सम्बन्ध विच्छेद कसूरका २ जना, डाँका चोरी कसूरका १ जना, कुटपिट कसूरका १ जना, विदेशी विनिमय कारोबार (अमेरिकी डलर)का १ जना रहेका छन् । 
यसैबीच वडा प्रहरी कार्यालय वालिङले भरुवा बन्दुक जस्तो सामाग्री बरामद गरेको छ ।  प्रहरी नायव उपरीक्षक प्रताप पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले वालिङ १२ कोखेबाट भरुवा बन्दुकको आकारमा काठ तथा फलाम जडित संरचना सहितका सामग्रीहरू वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । भरुवा बन्दुकको आकारमा काठ तथा फलाम जडित संरचना ७ – थान, भरुवा बन्दुकको फलामको नाल –थान ३, भरुवा बन्दुकको फ्रेम बनाउन प्रयोग हुने डाई –थान १ बरामद गरी प्रहरीले आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...