अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

तीन दिनसम्म देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

news

 

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशका अन्य हिमाली र पहाडी भू–भागका केही ठाउँमा  मध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने महाशाखाको अनुमान छ ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । त्यस्तै, भोलि दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा तथा राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाको अनुमान छ ।

पर्सि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा नदी, खोला र जोखिमयुक्त भिरालो क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...