अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ नगरपालिकाको गत आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ५भदौ । 
वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०८२÷०८३ मा सम्पादन भएका काम कारबाही, योजना तथा बजेट लगायत समग्र पक्षको विस्तृत समीक्षा गर्दै वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारी गैह्रे, प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली, नगरपालिकामा रहेका साखाहरुका प्रमुखहरु, १४ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सचिवहरूको सहभागिता रहेको थियो। 
समीक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाका विषयगत शाखा प्रमुखहरु र वडा सचिवहरुले गत आर्थिक वर्षमा सम्पादन गरेका प्रमुख क्रियाकलाप, भौतिक तथा वित्तीय प्रगति, योजना कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीहरू प्रस्तुत गरेका थिए । साथै, कार्यक्रममा आगामी वर्षका लागि प्रभावकारी सेवा प्रवाह तथा विकास निर्माणलाई गति दिन तय गरिएका भावी कार्ययोजना सम्बन्धी प्रस्तुतीकरण एवं गहन छलफल समेत गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...