अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङका ग्याँस डिलर, किराना तथा मल वितरक सहकारीको अनुगमन

news

 
रेडियो आँधीखोला,
वालिङ ३ भदौँ ।
वालिङ स्थित ग्याँस डिलर, किराना पसल तथा मल वितरक सहकारीको अनुगमन गरिएको छ । वालिङ नगरपालिकाले ईलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय, पत्रकार महासंघ, वालिङ उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्चको उपस्थितिमा यहाँका ग्याँस डिलर, किनारा पसल तथा मल वितरण गर्ने सहकारीहरुमा अनुगमन गरेको हो । देशभरी ग्याँस अभाव भएपछि वालिङ नगरपालिकाले ग्याँसमा हुने कालोबजारी नियन्त्रण गर्दै उपभोक्ताहरुको सहजताको लागि तथा बजारलाई चुस्त राख्न समय समयमा यहाँका ग्यास डिलरहरुको पटक पटक अनुगमन गर्दै आएको छ । 
बुधबार पनि भुम्रे स्थित ग्याँस डिलर, किराना पसल, भकुण्डे स्थित मिनि मार्केट, वालिङ स्थित मल वितरक सहकारीहरु अकला नमुना कृषि सहकारी संस्था र महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ग्यास, मल र चिनिको अवस्थाका विषयमा अनुगमन गरिएको अनुगमन कार्यक्रमका संयोजक तथा वालिङ नगरपालिका प्रशासन अधिकृत नारायणप्रसाद रेग्मीले बताउनुभयो । 
भुम्रे स्थित गोमा विक्रेताका प्रोपराईटर धनबहादुर कुँवरले नियमित आउने सिलिण्डर भन्दा धेरै ग्यास सिलिण्डर आईरहेको बताउनुभयो । कुँवरले सामान्य हुँदाको अवस्थामा मासिक ८०० सिलिण्डर वितरण गर्दै आएकोमा हाल १२०० सम्म सिलिण्डर वितरण गर्दा पनि उपभोक्ताको माग अनुसार पु¥याउन नसकिएको बताउनुभयो । आधा सिलिण्डर प्रयोग गरिरहेका उपभाक्तालाई भरि ग्याँस आउन थालेपछि उपभोक्ताको माग बृद्धि भएको उहाँको अनुमान छ । विषेशगरी गर्भवती, सुत्केरी, अपांग तथा बृद्धबृद्धा र विद्यार्थीहरुका लागि ग्याँस आएका बेला लाईनमा नराखी वितरण गरिएको कुँवरले बताउनुभयो । 
हाल बजारमा चिनिको मुल्य बढेर १२० रुपैँया पुगेको तर अभाव भने नभएको अनुगमन संयोजक रेग्मीले बताउनुभयो । यहाँका १० सहकारी मार्फत मल वितरणका लागि सुचिकृत भएका छन् । नगरपालिकाको स्थानीय मल व्यवस्थापन समितिको बैठकले यहाँका विभिन्न १० सहकारीहरु सुचिकृत गरी मल वितरणको कार्यक्षेत्र र मुल्य निर्धारण गरेको छ । अनुगमनका क्रममा मल र चिनिको आपुर्ति भईरहेको र ग्याँस अभाव यथावत रहेको पाईएको छ । 
बजारी क्षेत्रमा रहेका मल वितरणमा सुचिकृत भएका सहकारीहरुले युरिया प्रतिकिलो २३, डिएपि ५३ र पोटास ४० रुपैँयामा विक्रि वितरण गर्न भनेको छ । यस्तै ग्रामिण क्षेत्रमा रहेका सहकारीहरु माझकोट हाईल्याण्ड कृषि सहकारी संस्था र सिर्सेकोट साना किसान कृषि सहकारी संस्थाले युरिया २५ रुपैँया, डिएपि ५५ र पोटास ४२ रुपैँयामा विक्रि गर्न भनिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...