अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, १० भदौ । 
वालिङमा डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले डेङ्गु रोग लाग्न नदिन पूर्वसावधानी अपनाउनु नै सबैभन्दा उत्तम उपाय भएको बताउनुभयो । उहाँले रोग लागिसकेपछि अपनाउनुपर्ने सावधानी र यसको रोकथामका प्रभावकारी उपायहरूबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
 
त्यसैगरी, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज बगालेले कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई समुदाय तथा टोल–टोलसम्म पु¥याएर व्यापक सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका पृथ्वी लामिछानेले सहजीकरण गर्नुभएको सो कार्यक्रममा डेङ्गु रोगका जोखिम र रोकथामबारे छलफल गरिएको थियो ।
 
डेङ्गु रोग एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । उच्च जोखिम विशेष गरी ५ वर्षभन्दा मुनिका बालबालिकाहरू यसको उच्च जोखिममा रहन्छ । साउनदेखि असोज महिनासम्म डेङ्गुको सङ्क्रमण फैलने उच्च जोखिम हुन्छ । डेङ्गु लाग्न नदिनकालागि लामखुट्टेको टोकाइबाट बच्न शरीर पूरै ढाक्ने कपडा लगाउने, घरवरिपरी पानी जम्न नदिने र खाल्डाखुल्डी पुर्ने, गमला, ट्याङ्की तथा पुराना टायरमा पानी जम्मा हुन नदिने, सुत्ने बेलामा सधैँ झुलको प्रयोग गर्ने बानी बसाल्नु जरुरी रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...