अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

पुर्णामृतमा भदौ २३ गते रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह

news

 
रेडियो आँधीखोला
वालिङ, २२ भदौ । 
नेपाल रेडक्रस दिवसको अवसरमा स्याङ्जाको वालिङ–१०, फुलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । नेपाल जुनियर÷युवा रेडक्रस सर्कल, पूर्णामृत भवानी माध्यमिक विद्यालयको आयोजनामा पर्सी मंगलबार बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ ।
कार्यक्रम ६४औँ नेपाल रेडक्रस दिवस, अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा जनजी सहिदहरूको सम्झनामा आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले जानकारी दिनुभयो । साथै, भदौ १० गते रासुवा, भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको प्रतिकार्यका लागि सहयोग जुटाउने उद्देश्य समेत यस कार्यक्रमको रहेको लम्सालले वताउनुभयो ।
कार्यक्रममा रक्तदान गरी मानवीय सेवामा योगदान गर्न सबैलाई आह्वान गरिएको छ । कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाले गर्नेछ । रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा अघि बढाउँदै “रक्तदान गरौँ, पुण्य कमाऔँ” भन्ने सन्देशसहित कार्यक्रम आयोजना गर्न लागिएको हो । 
यसैबीच भोटेकोषी बाढी प्रभावितहरुको सहयोगार्थ वालिङ साना किसान कृषि सहकारी संस्थाले ५० हजार ५५५ राहत कोषमा जम्मा गरेको छ । संस्थाको ८औँ साधारण सभा तथा तिज मिलन कार्यक्रम भदौ २३ गते आयोजना गरिएको थियो । उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरी बाढी प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरिएको संस्थाका अध्यक्ष सिता डुम्रे पाण्डेले बताउनुभयो । 
त्यस्तै तमु समाज मिर्दिले पनि बाढी प्रभावितहरुका लागि ३१ ह्जार सहयोग राहत कोषमा जम्मा गरेको समाजका अगुवा हस्त गुरुङले बताउनुभयो । त्यस्तै दर खाने भनेर संकलन गरिएको रकम गल्याङ जिमुवा क्षेत्रका दिदिबहिनीहरुले बाढी प्रभावितका लागि सहयोग गरेका छन् । देशमा विपत्ति आईपरेका बेला दर खाने कार्यक्रम स्थगित गरी प्रधानमन्त्री राहत कोषमा रकम गरिएको विष्णु अधिकारी डुम्रेले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...