अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्जामा प्रहरीलाई डेंगु रोग रोकथाम सम्बन्धी सचेतनामूलक प्रशिक्षण सम्पन्न

 
वालिङ, २७ भदौ । 
डेंगु रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ४५ जना प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय, स्याङ्जा र शहरी स्वास्थ्य केन्द्र, पुतलीबजारको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र, स्याङ्जाकी सिनियर अनमी निर्मला भुजेलले डेंगु रोगको परिचय, लक्षण, संक्रमण हुने अवस्था, उपचारका साथै यसको रोकथाम र न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो।
प्रशिक्षणका क्रममा डेंगु फैलाउने जातका लामखुट्टेको नियन्त्रण कसरी गर्ने, लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूमा पानी जम्न नदिने, कार्यालय परिसर सधैँ सफा राख्ने, र पानी भण्डारण गर्दा भाँडाकुँडा सुरक्षित रूपमा छोपेर राख्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो । साथै, डेंगुका लक्षणहरू देखा परेमा ढिलाइ नगरी समयमै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...