समाचार
भोटेकोशी बाढीपीडितका लागि गल्याङ बहुमुखी क्याम्पसको १ लाख रुपैयाँ सहयोग
रेडियो आँधीखोला
वालिङ, १६ असोज ।
भोटेकोशी बाढीपीडितका लागि स्याङ्जाको गल्याङ बहुमुखी क्याम्पस परिवारले आर्थिक सहयोग गरेको छ । क्याम्पस सञ्चालक समिति, प्राध्यापक तथा कर्मचारी र विद्यार्थीहरूको संयुक्त योगदानबाट संकलन भएको १ लाख १८३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
क्याम्पस परिवारले विपद्को समयमा बाढीपीडितलाई सहयोग पु¥याउने उद्देश्यले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने अपेक्षासहित क्याम्पस परिवारले उक्त रकम सहयोग गरेको हो ।