अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाली काँग्रेस १५ औँ महाधिवेशनः स्याङ्जा क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि मतगणना सम्पन्न, नयाँ नेतृत्व चयन

 
रेडियो आँधीखोला
वालिङ, १६ असोज । 
नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि पदको मतगणना कार्य सम्पन्न भई अन्तिम परिणाम सार्वजनिक भएको छ। क्षेत्रीय अधिवेशनबाट खुला, महिला, दलित, जनजाति, खस आर्य लगायत विभिन्न समावेशी कोटाबाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
निर्वाचनको अन्तिम परिणाम अनुसार खुल्ला तर्फ सर्वाधिक १०१७ मत प्राप्त गरी राजु थापा पहिलो स्थानसहित निर्वाचित हुनुभएको छ। उहाँसँगै भरतराज ढकाल (१००९ मत), अनुप श्रेष्ठ (९१२ मत), अजित अधिकारी क्षेत्री (८३७ मत), प्रकाश तिवारी (७५१ मत), तुलसीराम रेग्मी (७२८ मत), धनराज गुरुङ (६४४ मत), भरतप्रसाद लम्साल (६३६ मत), दिपक लम्साल (५८८ मत) र गोविन्द बहादुर रानाभाट (५७४ मत) खुल्ला कोटबाट महाधिवेशन प्रतिनिधिमा चुनिनुभएको छ।
त्यस्तै महिला खुल्ला तर्फ उर्मिला गुरुङ (९१२ मत) र देवी अर्याल (७७४ मत) प्राप्त गर्दै विजयी हुनुभएको छ। युवा तर्फ (३५ वर्ष मुनिको खुला) सुवास पौडेल (७१४ मत) र सौजन गुरुङ (६६६ मत) सहित निर्वाचित हुनुभएको छ भने युवा (३५ वर्ष मुनिको महिला) कोटामा रेजिना खड्का (६५८ मत) प्राप्त गर्दै विजयी हुनुभएको छ। दलित खुल्ला तर्फ सुजन गहतराज (६९७ मत) तथा पेशागत तर्फ महेश बहादुर थापा (गणेश) ६६९ मतका साथ निर्वाचित हुनुभएको छ।
अन्य समावेशी तथा लक्षित वर्ग तर्फ अपाङ्ग कोटामा दिपेन्द्र खड्का (७४८ मत), सहिद परिवार, द्वन्द्व पीडित र प्रजातन्त्र सेनानी कोटाबाट ओम बहादुर भट्ट क्षेत्री (५९० मत) र मुस्लिम, मधेशी वा थारु कोटाबाट सा मोहम्मद मिया (६६२ मत) विजयी हुनुभएको छ।
यसैगरी समानुपातिक कोटा तर्फ दलित महिलामा अनिता रुचाल (७४९ मत), दलित खुलामा दिपक बि.क. (७७३ मत), जनजाति महिलामा सपना गुरुङ (७६५ मत) र जनजाति खुला तर्फ गोविन्द कुमार धर्माचार्य (६६२ मत) एवं नेम बहादुर राना (६३८ मत) निर्वाचित हुनुभएको छ। खस आर्य कोटा तर्फ महिलामा कौशिला पौडेल क्षेत्री (७७३ मत) र सिता गोदार (६८१ मत) तथा खस आर्य खुलामा विज्ञान भण्डारी (८८४ मत) र ध्रुवबन्धु पोखरेल (६१२ मत) विजयी बन्दै महाधिवेशन प्रतिनिधिमा आफ्नो स्थान सुरक्षित गर्नुभएको छ।
अधिवेशनमा चुनावी प्रतिस्पर्धा तीव्र रहेकाले निर्वाचित उम्मेदवारहरू बाहेक अन्य आकांक्षीहरू भने पराजित हुन पुगेका छन्। विशेषगरी खुला तथा विभिन्न समावेशी विधामा चुनावी मैदानमा उत्रिएका अन्य आकांक्षी उम्मेदवारहरूले निर्वाचित उम्मेदवारहरूको भन्दा कम मत प्राप्त गरेपछि जित हासिल गर्न सकेनन्। लोकतान्त्रिक प्रक्रिया अनुसार सम्पन्न मतगणनामा पराजित उम्मेदवारहरूले पनि परिणामलाई सहज रूपमा स्वीकार गर्दै निर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...