अहिले तरंगमा

केहि छिनमा

Morden Songs

समाचार

स्याङ्जा १ को क र ख प्रदेशमा गुरुङ र केसी सभापतिमा निर्वाचित

news

 
रेडियो आँधीखोला,
वालिङ १४ अशोज । 
नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेश क र ख को मतगणना सकिएको छ । प्रदेश सभापतिका लागि मंगलबार निर्वाचन भएको थियो ।  प्रदेश क कोे सभापतिमा दिपेन्द्र केसी निर्वाचित हुनुभएको छ । केसीले ४७४ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको प्रतिस्पर्धा बोधराज अर्यालले २६१ मत ल्याउनुभएको थियो । निर्वाचनमा ७७५ मत खसेको थियो । निर्वाचनमा ६७४ मत खसेको थियो । त्यस्तै उपसभापतिमा निर्मल लम्साल, सचिवमा सुसिलकुमार शर्मा निर्वाचित हुनुभएको छ  । यसअघि सहसचिव दिलबहादुर राना भने सर्वसम्मत चयन हुनुभएको थियो । त्यस्तै  प्रदेश ख मा कुमबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ३९० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धा नबिन ढकालले २६५ मत ल्याउनुभएको थियो । उपसभापतिमा शेरबहादुर कार्की, सचिवमा मोतीप्रसाद मरासिनी तथा सहसचिवमा अयुव मियाँ र सुशील सुवेदी सर्वसम्मत चयन हुनुभएको थियो । क्षेत्रको भने मतगणना जारी रहेको छ । यता क्षेत्र नं. २ मा भने मतदान स्थगित भएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...