समाचार
धन्सार (गोठ) मा आगलागी हुँदा चौपायामा क्षति
रेडियो आँधीखोला
वालिङ, १९ असोज ।
वालिङ नगरपालिका ४ माथिल्लो चियारे बस्ने डिल बहादुर गुरुङको ढुङ्गा माटोले बनेको, खरले छाएको १ तले कच्ची धन्सार (गोठ) मा आगोलागी हुँदा चौपायमा क्षति भएको छ । गोडमा चौपायका लागि कुडो पकाई आगो ननिभाई छोडेकोमा नजिकै छेउमा राखेको दाउरामा अचानक आगो सल्कन गई आगलागी भएको हो । आगोलागीबाट उक्त धन्सार तथा गोठमा रहेको १ भैसी, ५ वटा बाख्रा जलेर मरेका छन् । त्यस्तै १ भैसी घाईते भएको छ भने अन्नबाली अन्दाजी ८ मुरी मकै जलेर क्षती भएको, जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।