समाचार
सडक सुरक्षा तथा सुरक्षित आवतजावत सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २४ असोज ।
वालिङ नगरपालिकामा सडक सुरक्षा तथा सुरक्षित आवतजावत नीतिसम्बन्धी समावेशी प्रमाणीकरण कार्यशाला सम्पन्न भएको छ । इस्टिन्च्युट फर फ्युचरको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा नगरप्रमुख कृष्ण खांणले सडक दुर्घटनाको प्रमुख कारण व्यवस्थित बसपार्कको अभाव पनि भएको भन्दै वालिङमा व्यवस्थित बसपार्क निर्माणाधिन अवस्थामा रहेको र अब छिटै संचालनमा आउने बताउनुभयो ।
साथै प्रमुख खांणले सडक दुर्घटनाका कारणहरुलाई न्युनिकरण गरी अकाल मृत्युबाट जोगाउन स्थानीय सरकार, ट्राफिक प्रहरी सबैको उत्तिकै जिम्मेवारी रहने बताउनुभयो । इस्टिन्च्युट फर फ्युचरका गर्भनर फेलो डा. कुलदिप निरौलाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । उहाँले सडक सुरक्षा र सुरिक्षत आवागमनमा प्रविधिको प्रयोगको विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वालिङ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले यहाँको अनुगमनको जिम्मेवारी स्थानीय निकायलाई भएपनि अनुगमनमा देखिएका समस्याहरुको समाधान गर्न निकै चुनौतीहरु रहेको बताउनभयो । साथै नगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा समेटिएका सडक सुरक्षाको विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिका विषयगत साखा प्रमुखहरु, विद्यालयका शिक्षक, विद्यार्थी, ट्राफिक प्रहरी, शसस्त्र प्रहरी, अपांग सञ्जाल, उद्योग वाणिज्य संघलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले सवारी दुर्घटना न्युनिकरणका लागि सबैले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । वालिङमा पैदल यात्रुका लागि व्यवस्थित फुटपाथ नहुँदा पैदल यात्रुलाई समस्या भईरहेको सहभागिले बताए । विषेश गरी बिहान अफिसियल तथा विद्यालय समयमा सडकमा धेरै मात्रामा आवातजावात गर्ने अटो रिक्सा, ग्रामिण क्षेत्रबाट आउने बलेरो जिपले पनि सडक व्यस्त बनाउँदा थप दुर्घटनाको जोखिम रहेको बताएका थिए
कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षक शुसिल घिमिरे, नगरपालिका सूचना अधिकारी भोजराज बगाले, पुर्वाधार विकास साखा प्रमुख मणिप्रसाद तिवारी, महिला तथा बालबालिका साखा प्रमुख उमा डुम्रे, रोजगार साखा प्रमुख पवन बस्याल, सूचना तथा प्रविधि साखाका माधव न्यौपाने, अधिवक्ता नेत्रप्रसाद सुवेदी, रोजगार साखाका राजु खनाल, वालिङ उद्योग वाणिज्य संघका सदस्य सावित्रा रेग्मी, भुम्रे माविका प्रअ तिलक पराजुलीलगायतले आफ्ना सुझावहरु राख्नुभएको थियो । कार्यक्रम इस्टिन्च्युट फर फ्युचरका गर्भनर डा.निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन रेडियो आँधीखोला एफएमका अध्यक्ष शान्ता थापाले गर्नुभएको थियो ।
स्थानीय सडकको अवस्था, सवारीसाधनको व्यवस्थापन, पैदलयात्रीको सुरक्षा, सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित र समावेशी यातायात प्रणाली विकासका उपायहरू नीतिमा समेट्नुपर्ने विषयमा सहभागीहरूले जोड दिएका छन्।