अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

दोलखा उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलसँग स्वागत तथा परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न

news

 
रेडियो आँधीखोला 
वालिङ, ५ मंसिर । 
दोलखा उद्योग वाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघबीच अनुभव आदानप्रदान गरिएको छ । दोलखाबाट अध्यक्ष सनत थापाको नेतृत्वमा, चेम्बर अध्ययन अवलोकन तथा आन्तरिक पर्यटन प्रबद्र्धनको उद्देश्यका सथा वालिङ आईपुगेको २५ सदस्यीय प्रतिनिधि मण्डललाई वालिङ उद्योग वाणिज्य संघमा स्वागत तथा परिचयात्मक भेटघाट तथा अनुभव साटासाट गरिएको छ । 
कार्यक्रममा दुईसंघबीचका गतिविधि तथा अनुभवहरुको आदान प्रदान गरिएको थियो । साथै आम ब्यवसायीहरुका ब्यवसायिक समस्या समाधानका लागि उद्योग वाणिज्य संघले के कस्ता कार्यक्रम गर्न सकिन्छ र संस्थाको गरिमा उँचो राख्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो । 
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुङ्गाना तिवारीले संघका विभिन्न गतिविधिहरुको बारेमा बताउनुभएको थियो भने दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सनत थापाले दोलखा उद्योग वाणिज्य संघका गतिविधिहरुको बारेमा बोल्नुभएको थियो । 
कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार, पूर्व अध्यक्ष एवम् नेउवामहासंघका पूर्व केन्द्रीय सदस्य रामेश्वर मानन्धर, बरिष्ठ उपाध्यक्ष प्रविन श्रेष्ठ लगायतले विचारहरु राख्नुभएको थियो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुङ्गाना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव विमल अर्यालले सञ्चालन गर्नुभएको थियो भने धन्यवाद सहित कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष शंकर डुम्रेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...