अहिले तरंगमा

Good morning Aandhikhola

केहि छिनमा

Nepal Khabar

समाचार

शसस्त्र जग्गा व्यवस्थापन सम्बन्धमा पुर्णामृतमा सरोकारवालासंग छलफल

news

 
रेडियो आँधीखोला
वालिङ, २ मंसिर । 
पुर्णामृत भवानी माध्यमिक विद्यालयमा सरोकारवालाबीचको छलफल सम्पन्न भएको छ । वालिङ नगरपालिका वडा नं. ८ स्थित पूर्णमृत भवानी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हे.क्वा. स्याङ्जाका लागि स्थायी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न जग्गा प्राप्ति सम्बन्धी सरकारकोे निर्णयका विषयमा सरोकारवालासंग छलफल गरेको हो । 
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, राजनितिक दल, नागरिक समाज, प्रशासन, पुर्व विद्यार्थी, जंगादाता, संस्थापकलगायतको उपस्थितिमा जग्गा व्यवस्थापनको विषयमा छलफल गरेको हो । छलफलका क्रममा मिश्रित सल्लाह सुझाव प्राप्त भएको छ । 
विद्यालयले सरोकारवालाको सल्लाह अनुसार निर्णय गर्नका लागि मंगलबार सरोकारवालासंग छलफल गरेको हो । छलफलमा वक्ताहरुले शसस्त्र गुल्म वालिङमै हुनुपर्ने तर यसका लागि अन्य विकल्प पनि खोज्न आवश्यक रहेको बताएका छन् । 
वालिङ जिल्लाकै व्यापारिक केन्द्र भएकाले यहाँको शान्ति सुरक्षा र अमनचयनको लागि वालिङमै शसस्त्र गुल्म हुनुपर्ने तर अन्य विकल्प पनि खोज्नुपर्ने वक्ताहरुको सुझाव छ । त्यस्तै केहि वक्ताहरुले विद्यालयको अधिकतम हित हुने, विद्यालयको शैक्षिक उन्नयन तथा सुदृढिकरणमा निर्णय हुनुपर्ने सुझाव दिएका छन् । 
जग्गा विद्यालयकै नाममा रहने जग्गा लिजमा दिनुपर्ने सुझाव दिए । विद्यालय व्यवस्थापवन समिति अध्यक्ष सुनिल खनालले भने सरकारले गरेको निर्णय विरुद्ध मुद्धामामिलामा अदालत नजाने आपसी सल्लाह अनुसार विद्यालयले निर्णय गर्ने बताउनुभयो ।  शिक्षक अभिभावक संघ र शिक्षकहरुको बैठकले आ–आफ्नो धारणा विद्यालयलाई दिएको र अब विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालयको आधिकारिक धारणा सार्वजानिक हुने विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले बताउनुभयो । 
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हे.क्वा. स्याङ्जाका लागि स्थायी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न जग्गा प्राप्ति सम्बन्धी १५ दिने सार्वजनिक सूचना कार्तिक २८ गते सार्वजानिक गरेको छ । विद्यालयको स्वामित्वमा रहेको  जग्गा २०६०÷०४÷१० देखि नै सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मले भोगचलन गरी कार्यालय सञ्चालन गर्दै आएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...