अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विश्व बाल दिवसमा स्याङ्जामा जिल्लास्तरीय एकल गायन प्रतियोगिता सम्पन्न

 
रेडियो आँधीखोला 
वालिङ, ५ मंसिर । 
विश्व बाल दिवसको अवसरमा विद्यार्थीहरूको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले एकीकृत सेवा कार्यालय, स्याङ्जाको आयोजनामा जिल्लास्तरीय एकल गायन प्रतियोगिता  शुक्रबार स्याङ्जामा सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति शंकर बिरही गुरुङले आधुनिक संगीतसँगै नेपाली मौलिक लोकगीत, कला, भाषा र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा जोड दिनुभयो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख विश्वराज आचार्य र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लिलाधर बरालले विद्यार्थीको प्रतिभा पहिचान, सिर्जनशीलता र सर्वाङ्गीण विकासमा यस्ता कार्यक्रमको महत्व रहेको बताउनुभयो।
जिल्लाका स्थानीय तहबाट छनोट भएका विद्यार्थीहरूबीच भएको प्रतियोगितामा आँधिखोला गाउँपालिकाको जनप्रिय माध्यमिक विद्यालयकी आयुस्मा सेवा प्रथम, पुतलीबजारको रजस्थल माध्यमिक विद्यालयका प्रवेश ढकाल द्वितीय, चापाकोटको सरस्वती माध्यमिक विद्यालयका टोपबहादुर परियार तृतीय र भीरकोटको शहीद शुक्र माध्यमिक विद्यालयका शितल परियारले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । 
प्रतियोगिताको निर्णायकमा तारा पौडेल, कमला गैरे र डी.आर. सुजन रहनुभएको थियो । एकीकृत सेवा कार्यालयका प्रमुख निराजन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बालक्लब सञ्जालका सदस्य प्रशान्त बोहरा र अम्बिका लम्सालले सञ्चालन गर्नुभएको थियो ।  कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै मौलिक कला र संस्कृतिको संरक्षणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...