अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Nepali Bahas

समाचार

अविरल वर्षाका कारण खोला तथा सहायक खोलाहरुमा पानीको बहाब, सतर्क रहन आग्रह

news

 
रेडियो आँधीखोला
वालिङ, १० असोज । 
अविरल वर्षाका कारण खोला तथा सहायक खोलाहरुमा पानीको बहाब बढेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले ९ गतेदेखि ११ गतेसम्म भारी वर्षा हुने भनेपछि जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहहरुले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । यहाँका कतिपय पालिकाहरुले विद्यालयमा विदा समेत दिएका थिए । निरन्तरको वर्षाका कारण यहाँको जनजिवन प्रभावित भएको छ । अब विस्तारै जाडो मौसम पनि सुरु हुने भएकाले चिसो बढेको छ । 
वर्षाका कारण मुख्य राजमार्ग सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । यद्यपी पहिरो हटाएर सवारी आवागमन भने सूचारु रहेको छ । निरन्तरको वर्षाका कारण थप जोखिम हुने भएकाले प्रशासनले रात्रिकालिन सवारी आवागमनमा रोक लगाएको छ । अत्यावश्यक बाहेक अनावश्यक रात्रिकालिन यात्रा नगर्न प्रशासनले सूचित गरेको थियो । 
दिउँसो वालिङ ८ को सित्ततलनगर स्थित राजमार्गमा पहिरो खसेको थियो भने गल्याङ १ मालुंगामा समेत पहिरोले एकछिन सवारी आवागमन अवरुद्ध भएको थियो । प्रहरीको टोलीले पहिरो पन्छाएपछि आवागमन खुलेको थियो । निरन्तरको वर्षाका कारण थप जोखिम बढ्न सक्ने भएकाले खोलाछेउमा नजान आफ्ना बालबालिकाको निरगारिन गर्न प्रशासनले आग्रह गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...