अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Nepali Bahas

समाचार

मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने

news

काठमाण्डौ उपत्यकासहित पूर्वका केही ठाउँमा भने झरी केही रोकिएको छ । पूर्वका केही ठाउँमा वर्षा कम भए पनि काठमाण्डौसहित देशका अरु धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुनेछ ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ । यस्तै कोशी र बागमती प्रदेशको  एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ । अरु ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बेलुकीदेखि नै देशका धेरैजसो ठाउँमा निरन्तर पानी परिरहेको छ । आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित हुने र पर्सि सोमबारदेखि पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि लामोदूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै हिमाली क्षेत्रमा पनि लगातार हिमपात भैरहेकोले जनजीवन प्रभावित बनेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...