अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

स्याङ्जा १ को सभापतिमा पोख्रेल विजयी क र ख प्रदेशमा गुरुङ र केसी निर्वाचित

 
रेडियो आँधीखोला
वालिङ, १५ असोज । 
नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नंं. १ क्षेत्रिय सभापतिमा डोलराज पोख्रेल विजयी हुनभएको छ । पोख्रेल ८३० मत सहित विजय हुनुभएको हो ।  पोख्रेलका प्रतिष्पर्धी रामचन्द्र रेग्मीले ५८८ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै सचिवमा महादेव श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ७३९ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी बालकुमार गुरुङले ६४० मत प्राप्त गर्नुभएको थियो । त्यस्तै सहसचिवमा अनुप भण्डारी ६८२ मत सहित विजयी हुनुभएको छ । भण्डारीका प्रतिष्पर्धी गोविन्द भट्राईले ६७४ मत प्राप्त गर्नुभएको थियो । 
त्यस्तै क्षेत्र नम्बर १ को  प्रदेश ‘क’ कोे सभापतिमा दिपेन्द्र केसी निर्वाचित हुनुभएको छ । केसीले ४७४ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको प्रतिस्पर्धा बोधराज अर्यालले २६१ मत ल्याउनुभएको थियो त्यस्तै उपसभापतिमा निर्मल लम्साल, सचिवमा सुसिलकुमार शर्मा निर्वाचित हुनुभएको छ  । यसअघि सहसचिव दिलबहादुर राना भने सर्वसम्मत चयन हुनुभएको थियो । 
त्यस्तै  प्रदेश ‘ख’ मा कुमबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ३९० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धा नबिन ढकालले २६५ मत ल्याउनुभएको थियो । उपसभापतिमा शेरबहादुर कार्की, सचिवमा मोतीप्रसाद मरासिनी तथा सहसचिवमा अयुव मियाँ र सुशील सुवेदी सर्वसम्मत चयन हुनुभएको थियो । क्षेत्र नं. १ को महाधिवेसन प्रतिनिधिको मतगणना भइरहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...