समाचार
अविरल वर्षाका कारण नेपाली कांगे्रसको क्षेत्र तथा प्रदेशको अधिवेसन स¥यो
रेडियो आँधीखोला
वालिङ, १० असोज ।
अविरल वर्षाका कारण नेपाली कांगे्रसको क्षेत्र तथा प्रदेशको अधिवेसन सरेको छ । आज शनिबारका लागि मिति तय गरिएपनि अविरल वर्षाका कारण अधिवेसन २ दिन पछाडि सारिएको छ । १५ औँ महाधिवेशन अन्तर्गत तय गरिएको क्षेत्रीय तथा प्रदेश अधिवेशन १२ गतेका लागि सारिएको नेपाली कांगे्रस स्याङ्जाले जनाएको छ । दुई निर्वाचन क्षेत्र र ४ वटा प्रदेश रहेका स्याङ्जाको क्षेत्र नं. १ मा प्रदेश क र ख गरी दुईवटा र क्षेत्र नं. २ मा प्रदेश क र ख गरी २ वटा प्रदेश रहेका छन् ।
क्षेत्र नं. १ का सभापति तुलसीराम रेग्मीले मौसम प्रतिकुलताको अवस्थालाई मध्यनजर गर्दै शनिबार हुने भनिएको अधिवेसन स्थगित गरिएको जानकारी गराउनुभएको छ । स्थगित अधिवेसन अन्र्तगतका १२ गते मनोनयन दर्ता १३ गते मतदानको कार्यतालिका सार्वजानिक गरिएको छ । यसअगाडि १० गते नै मतदानको कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका थियो । क्षेत्र नं. १ मा क्षेत्रिय सभापतिका लागि डोलराज पोख्रेलको चर्चा रहेको छ ।
त्यस्तै यता क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ को आकस्मिक पदाधिकारी बैठक तथा केन्द्रीय निर्वाचन समितिको निर्णयानुसार लगातारको वर्षाका कारण असोज १० गते हुने भनिएको अधिवेशन स्थगित गरी असोज १२ गतेका लागि सारिएको छ । क्षेत्रीय सभापति दिलिप प्रताप खाँणद्वारा जारी प्रेस विज्ञप्तिमा प्रतिकूल मौसमका कारण अधिवेशनको मिति परिवर्तन गर्नुपरेको उल्लेख छ । यता क्षेत्र नं. २ मा क्षेत्रिय सभापतिमा वालिङ नगरका निर्वतमान सभापति नेत्रप्रसाद पाण्डे र प्रदेश क का सभापति अर्जुनप्रसाद खनालले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । क्षेत्र नं. २ प्रदेश क मा भीरकोट निर्वतमान नगर सभापति यामप्रासद अधिकारीले उम्मेदवारीको घोषणा गर्नुभएको छ ।