अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

हिमशिखर आधारभुत विद्यालय वालिङ १४ मा बडादशैँको शुभकामना

 
वालिङ, ३० असोज । 
हिमशिखर आधारभुत विद्यालय वालिङ १४ मा बडादशैँ तथा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा नगरपालिका शिक्षा साखा अधिकृत दुर्गा न्यौपालेले नेपालीहरुले महान पर्व विजया दशमीको अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता पर्वहरुले नेपालीहरुमा भाईचारा र भातृत्वको विकास गर्ने बताउनुभयो । 
 
नेपालीहरुले मनाउने हरेक पर्व सांस्कृतिकसंगै वैज्ञानिक समेत रहेको भन्दै समाज आधुनिकतातर्फ अगाडि बढिरहेका बेला यस्ता पर्वहरुले आफन्त तथा समाजलाई थप सशक्त र एकिकृत गर्न सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. १४ का अध्यक्ष बोधराज कुँवर राजु, जग्गादाता तथा समाजसेवी कल्याणी खांण, श्याम खांण, विद्यालयका संस्थापक अध्यक्ष मेघनाथ पौडेल, गणेशमान आविका प्रअ बविता खड्का, शिक्षक यज्ञ डुम्रेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 
 
कार्यक्रममा खुमप्रसाद अर्याल स्मृति अक्षयकोष दाता संगिता अर्याल, हरिस्मृति अक्षयकोष दाता बालकुमारी अर्याल, क्षेत्रबहादुर खांण स्मृति अक्षयकोषदाता भीमकुमारी खांण तथा उहाँहरुको परिवारलाई विद्यालयले सम्मान गरेको विद्यालयका प्रअ मित्रलाल खनालले बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गित कविता तथा आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । 
 
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर खांणको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत शिक्षिका दिर्घकुमारी खांण, संचालन विद्यार्थीद्धोय दिपिका गैह्रे र अप्सन खवासले गर्नुभएको थियो भने शिक्षिका अन्जना कुँवरले सहजीकरण गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...