अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जाको आँधीखोला गाउपालिकाद्धारा बजार अनुगमन

 
वालिङ, ३० असोज । 
स्याङ्जाको आँधीखोला गाउपालिकाले बजार अनुगमनका क्रममा जफत गरेका अवैध र म्याद गुज्रीएका सामानहरु नष्ट गरेको छ । चाडबाडका अवसरमा हुन सक्ने अनावश्यक मूल्यवृद्धि, अवैध सामान खरिद विक्रि, पसलको नियमित दर्ता नविकरणको अवस्था लगायतका विषयमा बजार अनुगमन गरेको हो । 
गाउपालिकाले गठन गरेको बजार अनुगमन समितिले आँधीखोला गाउपालिकाको सेतिदोभान देखि जुग्ले बजार सम्मका सबै प्रकृतिका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलको व्यानर, तौल मेसिन, पसलको दर्ता र नविकरणको अवस्था, म्याद गुज्रीएका सामानको अवस्था, अवैध मदिरा लगायतका समान लगायतका विषयमा अनुगमन गरिएको अनुगमन कार्यक्रम संयोजक गुरुदत्त ढकालले जानकारी दिनुभयो । 
ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, पत्रकार लगायको उपस्थितीमा गरिएको अनुगमनका क्रममा ७० वटा होटल, किराना पसल, हार्डवयर लगायतका पसलको अनुगमन गरिएको थियो । 
अनुगमनका क्रममा ९० लिटर अवैध मदिरा सहित म्याद गुज्रीएका खाद्यान्न, प्याकेजिङ खाना, रङ, लगायतका १६ प्रकारका सामाग्री जफत गरिएका समाग्रीको गाउँपालिका परिसरमा नष्ट गरिएको संयोजक ढकालले बताउनुभयो । उहाले धेरै पसललाई सचेत गराइएको र अर्को पटक सुधार नगरिए कानून बमोजिम कारबाही गरिने बताउनुभयो । गाउँपाकिालले उपभोक्ताले स्वस्थकर र गुणस्तरीय सामान उपभोग वैधानिक पसलबाट खरिद गर्नपाउने अधिकारको संरक्षण र व्यवसायीलाई कानून बमोजिम व्यवसाय संचालन गर्ने बतावरण सृजना गर्न नियमित अनुगमन गरिने जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...