समाचार
१०१ औँ रचना वाचन तथा शुभकामना आदानप्रदान
रेडियो आँधीखोला
वालिङ, १ कार्तिक ।
वालिङमा रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । भेषजराज साहित्य प्रतिष्पठान वालिङ र मातापिता प्रतिष्ठानको आयोजना र उपकार बचत तथा ऋण सहकारी संस्था वालिङको व्यवस्थापनमा शनिबार १०१औँ नियमति रचना वाचन तथा नजिकिँदै गरेको विजया दशमी, शुभ दिपाली, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अवसरमा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले पछिल्लो समय समाजमा नैतिकता हराउँदै गएको भन्दै प्रतिष्ठानले नैतिकता तथा सभ्य समाज निर्माणमा पनि योगदान दिन सकोस भन्दै सुझाव दिनुभयो । नागरिकका असिमित चाहाना तथा आकांक्षाहरु चाहेर पनि पुरा गर्न नसकेको भन्दै वालिङमा बृद्धबृद्धाहरु जम्मा भएर सत्संग गर्ने केन्द्र निर्माण गर्ने चाहाना भएकोले आफ्नो कार्यकालमा यो पुरा गर्ने प्रयास गर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पुर्व सांसद मोहन रेगमीले राजनितिक संस्कारको विकास होस भन्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा नजिकिँदै गरेको पर्वहरुले शसक्त भुमिका खेलोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । स्व. भेषजराजले राजनितिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा पु¥याउनुभएको योगदा समेटिएको रचना समेत पुर्व सांसद रेग्मीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुलीले स्व. भेषजराजको जिवनीको विषयमा चर्चा गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे, अकला नमुना साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्याल, वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठ, मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष धु्रवराज उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नं. २ का अध्यक्ष जगदिशप्रसाद गैह्रे, नेपाल आर्दश माविका कार्यक्रम संयोजक टिकराज गुरुङ, प्रदिप बगाले, लेखनाथ काफ्ले, दिलिप तिवारी, प्रेमप्रसाद सुवेदी, नारायणप्रसाद रेग्मी, दमकुमारी बगालेलगायतले शुभकामना व्यक्त गर्दै आफ्ना रचनाहरु समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपकार बचत तथा ऋण सहकारी संस्थाका महाप्रबन्धक कृष्ण पंगेनीले र संचालन प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो ।