समाचार
नवदुर्गा भगवती मन्दिर विकास समितिको दोस्रो अधिवेशनद्धारा पाठकको अध्यक्षतामा नयाँ समिति चयन
रेडियो आँधीखोला
वालिङ, २ कार्तिक ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १३ स्थित श्री नवदुर्गा भगवती मन्दिर विकास समितिको दोस्रो अधिवेशनले भुवानन्द पाठकको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
अधिवेशनले मन्दिरको संरक्षण, धार्मिक पर्यटन प्रवद्र्धन र संस्थागत विकासलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउने उद्देश्यका साथ सर्वसम्मत नेतृत्व चयन गरेको हो। नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्ष द्धोयमा वेनु प्रसाद पाठक र चन्द्रकला पाठक सचिवमा खगेन्द्र पाठक, कोषाध्यक्षमा कमलापती पाठक र सहसचिवमा घनश्याम पाठक रहनभएको छ । त्यस्तै सदस्यहरूः जोगराज पाठक, जिवलाल पाठक, जगत गौडेल, पवित्रा पाठक, पुनम न्यौपाने रहनुभएको छ ।
सञ्चालक समितिका साथै अधिवेशनले संस्थाको पारदर्शिता र प्रशासनिक सुदृढीकरणका लागि अन्य दुई महत्त्वपुर्ण समितिहरू पनि सर्वसम्मत चयन गरेको छ। जसअनुसार ३ सदस्यीय आन्तरिक लेखा परीक्षण समिति र ५ सदस्यीय विधान संशोधन समिति गठन गरिएको छ।नवनिर्वाचित समितिले मन्दिरको भौतिक तथा धार्मिक संरचनाको विकासका साथै धार्मिक अनुष्ठान र सामाजिक गतिविधिहरूलाई थप सक्रिय रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।